दफा ८
खास समय निर्धारण गर्न सक्ने
(१) बोर्डले सार्वजनिक रुपमा सूचना प्रकाशन गरी रेडियो, टेलिभिजन वा अनलाइन बा यस्तै विद्युतीय सञ्चार माध्यमबाट प्रसारण वा प्रकाशन हुने कुनै खास विषयका विज्ञापनको लागि त्यस्तो विज्ञापन प्रसारण गर्ने वा प्रकाशन गर्ने समयावधि निर्धारण गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निर्धारण गरिएको समयावधि बाहेकको अन्य समयमा त्यस्ता विषयको विज्ञापन प्रसारण वा प्रकाशन गर्न पाइने छैन ।
(२) उपदफा (१) बमोजिम निर्धारण गरिएको समयावधि बाहेकको अन्य समयमा त्यस्ता विषयको विज्ञापन प्रसारण वा प्रकाशन गर्न पाइने छैन ।